भगवान गणेशको टाउको काटिएपछि उक्त टाउको कता गयो के भयो त ?
थहा पाउनुहोस भगवान गणेशको टाउको काटिएपछि उक्त टाउको कता गयो के भयो त ?
हामी सबैलाई थाहा छ कि हिन्दु धर्ममा जब कुनै शुभ कार्यको आरम्भ गरिन्छ, तब सबैभन्दा पहिला भगवान शिव र माता पार्वतीको गजानज यनि गणेश जी को गर्दछौ । त्यसपछि मात्र अन्य देवि देवताको पुजा गरिन्छ । यही कारण हो कि भगवान गणेशलाई अवरोध विध्नहर्ता (अवरोध हटाउने) पनि भनिन्छ । गणेश जीको अहिलेको स्वरुपको बारेमा हामीलाई थाहा छ कि भगवान गणेशको टाउको काटिएको थियो । त्यसपछि हात्तीको बच्चाको टाउको काटी उनको शरीरमा जोडिएको थियो । तर के तपाईलाई थाहा छ ? गणेशजीको टाउको काटिएपछि उक्त टाउको कहाँ गएको थियो र आजको समयमा कहाँ छ, यदि थाहा छैन भने आउनुहोस् यस लेखमा जानकारी लिऊ ।
शिवपुराणमा वर्णन गरिए अनुसार भगवान श्री गणेशजी को जन्म माता पार्वती नुहाउँदा निस्कीएको मैलो बाट भएको थियो । भन्छि की सबैभन्दा पहिला माता पार्वतीले आफ्नो मैलोबाट एउटा बालकको पुत्ला बनाएको थियो अनि त्यसपछि त्यस पुत्लामा जीवन दिइएको थियो । त्यस समय भगवान शिव कैलाशमा उपस्थित थिएन । बालकरुपी पुत्लामा जीवन दिए पछि माता पार्वती स्नान गर्न जानुभयो र भन्नुभयो यस ढोकामा बसी पहरा दिनु मेरो आज्ञा बिना कसैलाई पनि भित्र प्रवेश गर्न नदिनु भन्नु भयो । यति भनेर माता पार्वती स्नानघर तिर जानु भयो । केही समय पछि भगवन शिव फर्किनु भयो र माता पार्वती भएको ठाउँमा जान लागे तर बाल गणेशले भगवान शिवलाई भित्र जान दिएनन् । यो देखेर भगवान शिव दुःखी भएर बालकलाई सोधे, तिमी को हौ तब गणेशले भन्यो म माता पार्वतीको पुत्र गणेश हु , माताको आदेश यो छ कि कसैलाई पनि भित्र प्रवेश गर्नु नदिनु । यो सुनेर भगवान शिवले बालकलाई धेरै सम्झाउने कोशिस गरे तरपनि बालक मानेन क्रोधमा आई भगवान शिवले बालकको सिर शरीरबाट अलग बनाएर भित्र जानुभयो । माता पार्वतीले जब यो खबर सुने उनी अत्यन्त दुःखी भएर रोइकराइ गर्न लाग्नु भयो । तब माता पार्वतीको प्रसन्न गर्नको लागि भगवान शिवले एक हाथीको बच्चाको शिर काटेर उस बालकको शरीरमा जोडेका थियो । अनि पुर्र्न जीवित गरेको थियो । भगवान गणेश त्यस समयबाट गजानन भन्न थालिएको थियो ।
यो त भयो भगवान गणेशको जन्म र उनको शिर शरीरबाट अलग हुनुको कथा, आउनुहोस् अब जानकारी लिउ आखिर भगवान गणेशको वास्तविक शिर कहाँ गयो ? धर्म अनुसार मान्ने हो भने भगवान गणेशको असली शिर काटेपछि भगवान शिवले एउटा गुफामा राखि दिए । यस गुफालाई आज भुवनेश्वर गुफाको नामले चिनिन्छ जुन भारतको उत्तराखण्डको पिथौरागढको गंगोलीहाटबाट १४ किलोमिटर टाढा रहेको छ । मान्यता यो छ कि यस गुफामा राखेको गणेशको काटिएको शिरको रक्षा स्वयं भगवान शिवले गर्दछ ।