ती 5 आविष्कारकहरूको बारेमा जान्नुहोस्, जसको आफ्नै आविष्कारले उनीहरूको ज्यान लियो।
ती 5 आविष्कारकहरूको बारेमा जान्नुहोस्, जसको आफ्नै आविष्कारले उनीहरूको ज्यान लियो।
'आवश्यकता आविष्कारको सुरुवात हो'। यसको मतलब भनेको बाँच्नको लागि जे पनि आवश्यक छ, व्यक्तिले यसलाई कुनै पनि हालतमा प्राप्त गर्ने कोसिस गर्दछ र यो प्राप्त गर्न अथक प्रयास गर्दछ।
जसै मानिस आफैं विकासीत हुदै जाँदा उसको आवश्यकताको क्षेत्र पनि त्यसरी नै वृद्धि भएर जान्छ। आज, हवाईजहाज र रेल जस्ता यातायातका साधनहरूको आविष्कारको साथ, लामो दूरी धेरै छोटो समयमा यात्रा गर्न सकीने भएकाे छ। तर यहाँ त्यस्तो समय पनी थियो जब व्यक्तिलाई एक ठाउँदेखि अर्को ठाउँसम्म पैदल यात्रा गरेर जानु पर्दथ्याे भने यात्रा गर्न धेरै दिन लाग्दथ्याे। कुनै चीजको आविष्कार गर्नु सजिलो काम भने होइन। यो गर्न वैज्ञानिकहरूलाई वर्षौं लाग्छ। तब मात्र उनीहरू सफल हुन्छन्, आज हामी तपाईंलाई केहि आविष्कारक र उनीहरूका आविष्कारहरूको बारेमा बताउन चाहन्छौं, जसका आविष्कारहरू धेरै उपयोगी साबित भए, तर अफसोस, तिनीहरूको आफ्नै आविष्कारहरू उनीहरूको मृत्युको कारण बन्याे ।
हाँरेस लसन हन्ली
२९ डिसेम्बर 1823 मा संयुक्त राज्य अमेरिका, समर काउन्टीमा जन्मनु भएकाे,हाँरेस लसन हन्ली
हातबाट चलाउन मील्ने पनडुब्बीको आविष्कार गरेका थीए । यद्यपि परीक्षणको क्रममा उनको पनडुब्बी समुद्रमा डुबेको थियो, जसमा उनी आफ्ना चालक दलका सदस्यहरूसमेत उपस्थित थिए। यो दुर्घटनामा उनको मृत्यु भएको थियो।
हेनरी स्मोलिन्स्की
हेनरी स्मोलिन्स्की उडानेबाला कार सिर्जना गर्नका लागि परिचित छन्। १९७३ मा उनले यसको आविष्कार गरेका थीउ जसलाई उनले 'एवीई मिजार' नाम दिए। यद्यपि, जब उनी उडानेवाला कारमा जाँच गर्न समयमा कार दुर्घटनाग्रस्त भयो र जसमा उनकाे समेत ज्यान गयाे ।
फ्रांज रीचेल्ट
अष्ट्रियामा जन्मेका फ्रांज रीचेल्टलाई आधुनिक विंगसुटको आविष्कारक मानिन्छ। यद्यपि यो परीक्षण गर्न पेरिसको एफिल टावरबाट हाम फाल्दै गर्दा उनको मृत्यु भयो। त्यतिखेर उहाँ 33 वर्षको मात्र हुनुहुन्थ्यो।
मारी क्युरी
प्रख्यात भौतिकशास्त्री र रसायनशास्त्री मेरी क्यूरी, जसले रेडियम र पोलोनियम नामक दुई तत्वहरू पत्ता लगाएका थीउ उनकाे मृत्यु सन् १९३४ मा उनको अन्वेषणका कारण भएकाे थीयाे । वास्तवमा, मारी क्युरी रेडियोएक्टिविटीमा काम गरिरहेकी थिई, तर रेडियोएक्टिभिटी कति खतरनाक हो भनेर उनलाई केही पनि थाहा थीएन । जसले गर्दा शरीरमा नराम्रो असर पर्न गयाे, जसको कारणले उनी मृत्यु भयो।
विलियम बुलोक
संयुक्त राज्य अमेरिकाको ग्रीनभिलमा जन्मीएका, विलियम बुलोककाे रिचार्ड मार्च होइले निर्मित 'रोटरी प्रिन्टिंग प्रेस' मा गरेको सुधारको लागि धेरै परिचित छन्। उहाँकै कारण प्रिन्टिंग उद्योगमा क्रान्तिकारी परिवर्तन आएको थियो। यद्यपि, आफ्नै प्रिन्टि मेशिन ठीक गर्दा, ऊ त्यसमा फसे र उनकाे मृत्यु भयो।
यस्तो रहस्यमय गाउँको कथा, जसलाई 'मृत शहर' भनिन्छ
ज्ञानको विषय: 'पहिलो विश्वयुद्ध' यस प्रकारले शुरू भयो, यसको इतिहास एकदम डरलाग्दो छ
राधाबिनोद पाल: एक भारतीय न्यायाधीशको कथा जसलाई जापानका मानिसहरूले भगवान मान्दछ