कुकुरको खाना परीक्षण गर्नेदेखि लिएर सर्पको विष निकाल्ने सम्म, यो हाे संसारकाे अनौठो कामहरू
कुकुरको खाना परीक्षण गर्नेदेखि लिएर सर्पको विष निकाल्ने सम्म, यो हाे संसारकाे अनौठो कामहरू
रोटी, कपडा र घर कुनै पनि मानवको लागि सबैभन्दा महत्त्वपूर्ण चीजहरू हुन्। यी आवश्यकताहरू पूरा गर्न उसलाई रोजगारीकाे आवश्यता पदृछ । रोजगारीको खोजीमा धेरै मानिसहरूले आफ्नो घर, शहरहरू र देश छाडेर टाढा जानुपर्ने हुन्छ । केही व्यक्ति चर्काे घाममा आफ्नाे जीवन चलाउन काम गर्छन् भने कोही व्यक्ति ठूला ठूला कारखानाहरू र कम्पनीहरूमा काम गरेर आफ्नो जीविका चलाउँछन्। रोजगारीको माध्यमबाट, मान्छेले त पैसा कमाउँछ नै, साथै आफैंलाई पनि विकसित गर्ने गर्दछ। उसको क्षमता अनुसार, प्रत्येक व्यक्तिले आफ्नो लागि काम रोज्दछ । आफ्नो भविष्य राम्रो बनाउन, प्रत्येक व्यक्ति केही न केही रोजगारीमा वा अन्य कार्यमा संलग्न हुन्छन्। खैर, धेरै प्रकारका रोजगारहरू देश र विदेशमा उपलब्ध छन् । तर आज हामी तपाईंलाई यस लेखको माध्यमबाट केहि त्यस्ताे रोजगारहरूको बारेमा बताउँदछौं, जसको बारेमा जानेर तपाईं छक्क पर्नुहुनेछ।
ट्रेनमा धक्का लगाउने काम
जापानमा त्यहाँ एक यस्ताे काम छ जसमा कर्मचारीले ट्रेनमा धक्का लगाउनु पर्छ। वास्तवमा यहाँ रेलमा मान्छेहरूको ठूलो भीड हुन्छ, जसको कारण धेरै चोटि रेल गुड्ने बेला सम्म नी रेलको ढोका बन्द हुँदैन। समयमा नै रेलकाे ढाेका बन्द गर्ने कामका लागि कर्मचारी नियुक्त गरीएकाे हुन्छ । त्यस्ता कर्मचारीले रेलकाे ढाेकामा झुन्डीएकाे व्यक्तिहरूलाइ बाहिरबाट भीत्र धकेलेर रेलको ढोका बन्द गर्न मद्दत गर्छन्।
सर्पकाे विष नीकाल्ने काम
विषालु सर्पको विष बाहिर निकाल्ने र संकलन गर्न काम त्यती सजिलो भने छैन। तर पनी यस कामकाे लागि मानिसहरूले रोजगारी पाउँने गर्दछ। यस काममा कर्मचारीहरूले सर्पको विष भाँडोमा जम्मा गर्नु पदर्छ। यो विष धेरै प्रकारकाे औषधीहरु बनाउन प्रयोग गरीन्छ।
कुकुरकाे खाना परीक्षण गर्ने काम
तपाईलाई यो कामको बारेमा थाहा पाउँदा अचम्म र अलि अनौंठो लाग्नेछ। कुकुरकाे फूड उत्पादन गर्ने कम्पनीहरूले आफ्नो उत्पादनकाे परीक्षण गर्नका लागि मानिसहरू काममा राख्छन्। कुकुरकाे खाना परीक्षकमा काम गर्ने कर्मचारीहरूले उत्पादनको परीक्षण गर्नुपर्दछ र यसको स्वाद कस्तो छ भनेर बताउनुपर्दछ ।
सुत्ने काम
धेरै देशहरूमा मानिसहरूलाई सुत्ने मात्र काम दिइन्छ । यी मानिसहरूले केवल सुत्नु मात्र पर्दछ र बदलामा उनीहरूले राम्रो तलब पाउँछन्। कहिलेकाँही अनुसन्धान गर्ने व्यक्तिले पनि त्यस्ता मानिसहरूलाई काममा लगाउँछन्। एक पटक फिनल्याण्डको होटेलले पेशेवर मानिसहरू लाखाैँ तलब दिएर आफ्नो हाेटलकाे कोठा र ओछ्यानको सुविधाको बारे थाहा पाउन जानकारी निकालेकाे थीयाे।
रुने काम
रुने काम तपाईलाई सुन्दैमा अचम्म लाग्याे हाेला तरपिन याे वास्तवीक हाे। विदेशमा मात्र होइन, भारतमा पनि धेरै ठाउँमा यस्ता महिलाहरू राखिन्छन्, जसले रुने काम गर्दछन्। शोकाकुल हुँदा कसैको घरमा बोलाइन्छ र रुनकाे पैसा दिइन्छ।
विश्वकाे अनाैठाे काम सम्बन्धीकाे लेखमा यति ।
यस्तो रहस्यमय गाउँको कथा, जसलाई 'मृत शहर' भनिन्छ
ज्ञानको विषय: 'पहिलो विश्वयुद्ध' यस प्रकारले शुरू भयो, यसको इतिहास एकदम डरलाग्दो छ
राधाबिनोद पाल: एक भारतीय न्यायाधीशको कथा जसलाई जापानका मानिसहरूले भगवान मान्दछ