अत्यधिक तातो फलामको वर्षा यस ग्रहमा भइरहेको हुन्छ [Extreme Planets]
अत्यधिक तातो फलामको वर्षा यस ग्रहमा भइरहेको हुन्छ Extreme Planets
हाम्रो सौर्यमण्डल बाहिर हजारौं ग्रहहरु छन्, जसकाे बारेमा जानकारी लीन वैज्ञानिकहरु सधैं उत्सुक हुन्छन्। पछिल्ला धेरै वर्षहरूमा, खगोलविद्हरूले (astronomers) हाम्रो आकाशगंगामा त्यस्ता अचम्मका ग्रहहरू भेट्टाए जुन हाम्रो कल्पना भन्दा बाहिरका छन्। यी एक्सप्लानेटहरू (exoplanets) सामान्य ग्रह जस्तो देखिन्छन्, तर तिनीहरूको भित्र जे हुन्छ त्यसले कुनै पनि मानवकाे हाेस उडाउन सक्छ। यससाथै, त्यहाँ केही ग्रहहरू छन् जुन एकदम शान्त देखिन्छन्। तरपनी भविष्यमा तिनीहरू पनि हाम्रोलागि खतरामा पर्न सक्छन् । तपाईले यस्तो ग्रह शायदै देख्नुभएको हाेला, जहाँ शीशाकाे निरन्तर वर्षा हुन्छ। कसैले पनी फलामको वर्षा हुने ग्रहको कल्पना पनि गर्दैन । आज हामी तपाईंलाई केहि यस्ता अविश्वसनीय ग्रहहरूकाे बारेमा जानकारी दीने छाै !
यस ग्रहमा लगातार काँचकाे वर्षा हुन्छ ( HD 189733 b – Planet that rains glass )
सामान्यतया ग्रहहरू, जस्तै पृथ्वी र हाम्रो सौरमंडलकाे बाँकी ग्रहहरुमा पानी वा एसिडकाे वर्षा हुने गर्दछ । तर हाम्रो सौर्यमण्डलबाट करिब 64 प्रकाश वर्ष (light years) टाढा constellation Vulpecula मा एक यस्ताे ग्रह रहेको छ, जहाँ कुनै liquid काे हाेइनऽ काँचकाे वर्षा हुन्छ । यो सुनेर अनौंठो लाग्न सक्छ, तर HD 189733 b नामको यस एक्स्पप्लेनेटमा पग्लिएको काँचकाे भयंकर वर्षा हुन्छ । यो ग्रह पहिलो पटक अक्टोबर 5, 2005 मा पत्ता लागेको थियो।
यो चम्किलो निलो रंगको ग्रह, यद्यपि यो शान्त देखिन्छ, तर यस ग्रहको मौसमले कसैलाई पनी मार्न सक्छ। वास्तवमा यो hot Jupiter planet हो। यसको औसत तापक्रम १००० डिग्री सेल्सियस भन्दा बढि छ। यसले आफ्नो तारालाई 150 km/s भन्दा धेरैको वेगमा परिक्रमा गर्छ।
यसको वातावरणमा (atmosphere) जैविक मिश्रणहरू जस्तै ,पानीको बाफ (water vapors), तटस्थ अक्सिजन neutral oxygen, कार्बन मोनोअक्साइड carbon monoxide र मिथेन methane अवस्थित हुन्छन्। यी मिश्रणहरूले लगभग 8,700 km/h वेगमा उड्ने घातक हावाकाे उत्पादन गर्दछ। यसका साथै सिलिकेटका silicate कणहरू पनि यसको बाह्य वातावरणमा अवस्थित छन्।
यसको वातावरणमा रहेको म्याग्नीशियम सिलिकेट कणहरू धेरै छिटो पग्लन थाल्छन्। तिनीहरू पग्लिएका शीशाको रूपमा झर्न थाल्छन्। चाँडो उनीहरूले चिसो हुने बित्तिकै, तिनीहरू कडा काँचमा परिणत हुन्छन् र कडा बतास सँगै बग्न थाल्छन्। यस कारणले गर्दा, यस ग्रह (Extreme Planets) को वरिपरि आउने जुनसुकै कुरा पनि तुरुन्त नष्ट गर्न सक्छ।
यस्तो ग्रह जहाँ तातो फलामको बाग्लो वर्षा हुन्छ Wasp-76 b – (Extreme Planet that rains iron)
हामीबाट करीव 640 प्रकाश वर्ष (light years) टाढा constellation Pisces मा अवस्थित छ, एक Wasp-76 b नाम का ultrahot Jupiter planet हाे । यहाँ ठूलो फलामकाे वर्षा हुन्छ। यो ग्रह पहिलो पटक 2013 मा पत्ता लागेको थियो, जसले यसको प्यारेन्ट स्टारलाई धेरै छिटो परिक्रमा गर्दछ।
यो यसको मुल ताराको यती धेरै नजीक छ कि यसको परिक्रमणको कारण, यसको वातावरण एउटै जस्ताे बिल्कुल हुँदैन। यो tidally locked planet (जहिले पनि एक भाग यसको सूर्य तिर र अर्को भाग अन्धकारको बाक्लो भागमा) दिनको औसत तापमान 2,500 डिग्री सेल्सियस हुन्छ। रातमा यो तापक्रम 1500 डिग्री सेल्सियससम्म जान्छ। यस तापक्रमले सजिलैसँग कुनै पनि धातुलाई स्टीममा रूपान्तरण गर्न सक्छ।
यस ग्रहमा फलामको ठूलो मात्रा छ। यस ग्रहको उच्चतम तापमान र गतिले यसमा उपस्थित फलामको कणलाई पूर्ण रूपमा अणुमा रूपान्तरण गर्दछ। पछि यसलाई स्टीममा रूपान्तरण गर्छन्। जब यो ग्रह धेरै छिटो घुम्दछ, अगाडि उडिरहेको अत्यन्तै तातो हावाले तिनीहरूलाई बाफमा परिणत गरेर फलामको कणहरू अर्कोतर्फ पठाउन सुरू गर्दछ। अर्को तर्फ सर्ने क्रममा, कम तापक्रममा ती फलामका कणहरू बिस्तारै बादल बन्न थाल्छन्। यी क्लाउडहरूमा iron sulphide/iron hydrideकाे ठूलो मात्रामा रहेकाे हुन्छ। यी पदार्थहरु रातमा वर्षाको माध्यमबाट तल झर्छन् ।
सबै भन्दा अचम्मको कुरा यो हो कि यो वर्षा लगभग 18,000 km/h को उच्च वेगमा हुन्छ। फलामकाे वर्षा यस ग्रहको पछाडि भागमा मात्र हुन्छ (Extreme Planets)। त्यसकारण यदि कसैले टाढाबाट हेर्यो भने, उसले राती मात्र फलामको ठूलो वर्षा देख्दछ। अहिलेसम्म पत्ता लगाइएका सबै exoplanets हरू मध्ये, Wasp-76 b planet को मौसम यस्तो हाे, जुन सबैभन्दा भयंकर र विनाशकारी हो।
यो ग्रह कुनै पनि समयमा पृथ्वीसँग टकराउन सक्छ (Rogue exoplanet)
हाम्रो आकाशगंगामा यस्तै धेरै ग्रहहरू छन्, जुन ब्रह्माण्डमा घुमिरहन्छन्। यो ग्रहहरू Rogue planet भनिन्छ। यस ग्रह, IMP J013656.5+093347, हाम्रो सौर्यमण्डल र हाम्रो पृथ्वी को लागी एक ठूलो खतरा हुन सक्छ। यो बाहिरी ग्रह, brown dwarf planet हाे , जाे हामीबाट २० प्रकाश वर्ष टाढा छ। हाम्रो पृथ्वीभन्दा 17,000 गुणा ठूलो यस40 लाख गुना बढी शक्तिशाली छ।
यद्यपि हामी यस ग्रहको नजीक चाहेर पनी जान सक्दैनौं, तर यो Rogue planet ले हाम्रो सौर्यमण्डलमा आएर पक्कै पनी विनाश ल्याउन सक्छ। यस ग्रहको गति र घुमाव धेरै उच्च छ। यसको प्रक्षेपक्रम (trajectory) जान्न पनि गाह्रो छ। यो ग्रहले कुनै प्रकारको ताप र प्रकाश उत्सर्जन गर्दैन, त्यसैले यो देख्न सम्भव छैन। खैर, हाम्रो सौर्यमण्डल र यो ब्रह्माण्ड एकदम फैलिएको छ। तर केही हदसम्म त्यहाँ यस्तो सम्भावना पनि छ कि यस ग्रहले केही प्रकारको टक्कर पनि गर्न सक्छ।
यस्ताे ग्रहहरूमा वैज्ञानिकहरूकाे जहिले पनी नजर रहने गर्दछ । हाम्रो सौर्यमण्डलमा कुनै पनि बाहिरी ग्रहको आगमन चिन्ताको विषय बन्न सक्छ। वर्तमानमा, हाम्रो सौर्यमण्डलको अवस्थाका अनुसार पृथ्वीमा यी यग्रहहरूको क्षति लगभग नगण्य छ।