यस्तो जहाजको कथा, जसको अनौंठो घटना अहिलेसम्म रहस्य नै रहेको छ
यस्तो जहाजको कथा, जसको अनौंठो घटना अहिलेसम्म रहस्य नै रहेको छ
त्यस्तै धेरै कथाहरू विश्वभरिका जहाजहरू सँग सम्बन्धित छ, जुन एकदम प्रसिद्ध छ। काेहि आफ्नो राम्राेको कारण लोकप्रिय छ भने, काेहि आफ्नो रहस्य को कारण। आज हामी तपाईंलाई त्यस्तै रहस्यमय जहाजको बारेमा बताउन लाग्दैछौं, जसको अनौंठो घटना अहिले सम्म रहस्य नै रहेकाे छ। जो कोही यो घटनाको बारेमा सुन्छ सोच्न बाध्य हुन्छ । यद्यपि यो घटना धेरै पुरानो छैन, तर अझै पनि यो घटना भएकाे ७० बर्ष भन्दा बढी भइ सक्यो ।
यो सन् १९४७ को जुन महिनाको कुरा हो। त्यस समयमा धेरै जहाजहरू मलाक्काको खाडीमा अवस्थित व्यापार मार्गबाट भएर यात्रा गरिरहेका थिए। यसैबीच, एक एसओएस SOS सन्देश आयो कि जहाजका सबै चालक दलको मृत्यु भयो। वास्तवमा, SOS सन्देशहरू आपतकालीन अवस्थामा पठाइन्छ। अब त्यस जहाजको सिग्नललाई पछ्याउदै नजिकका सबै जहाजहरू त्यो रहस्यमय जहाज तिर लागे।
हामी तपाईंलाई बताउँछौं कि यस रहस्यमय जहाजको सबै भन्दा नजिकको व्यापारी जहाज द सिल्वर स्टार थियो, जुन द्रुत गतिमा त्यस जहाजकाे नजीक पुगेको थियो। जब सिल्वर स्टारका चालक दलका सदस्यहरू त्यो रहस्यमय जहाजमा आइपुगे, चारै तिर छरिएका लाशहरू मात्र भएको देखेर तिनीहरू छक्क परे। धेरै व्यक्तिको आँखा पनि खुला थियो। तिनीहरूलाई हेर्दा यस्ताे लाग्थाे की तिनीहरू केहि कुराले डराएकाे जस्ताे ।
सबै भन्दा आश्चर्यजनक कुरा के थियो भने ती मर्नेहरूको शरीरमा कुनै प्रकारको कुनै निशान थिएन। उनहरुको मृत्यु रहस्यमय थियो। पछि, जब सिल्वर स्टारका चालक दलका सदस्यहरू त्यो रहस्यमय जहाजको बायलर कोठामा पुगेका थिए, उनीहरूले धेरै चिसो महसुस गरेका थीए जबकी त्यहाँको तापक्रम १०० डिग्री सेल्सियसभन्दा माथि थियो। अब यो धेरै आश्चर्यजनक थियो। यो सबै हेरेपछि सिल्वर स्टारका चालक दलका सदस्यहरूले उनीहरूको आफ्नाे जहाजमा चाँडै फर्कने निर्णय गरे।
सिल्वर स्टारका चालक दलका सदस्यहरू उनीहरूको जहाजमा पुगी सक्नुभन्दा अघि रहस्यमय जहाजबाट धुवाँ आउन थाल्यो र यसमा आगो लाग्न थाल्याे । यद्यपि चालक दलका सदस्यहरू कसै गरी उनीहरूको जहाजमा पुग्न सफल भयाे । उनीहरू त्यहाँ पुग्ने बित्तिकै त्यो रहस्यमय जहाजमा एउटा ठूलो विस्फोट भयो र हेर्दा हेर्दै जहाज समुद्रको गहिराइमा डुब्याे ।
केही मानिस यस घटनाको पछाडि रहस्यमय शक्ति भएकाे भन्छ, जबकि कसै-कसैको विचारमा त्यहाँ प्राकृतिक ग्यासको बादल बनेको छ, जसका कारण जहाजका सबै चालक दल मारिए र जहाजमा पनि आगो लागेकाे थियाे । यो रहस्यमय जहाज 'द एस एस ओरंग मेडान' को रूपमा परिचित छ। अब यस घटनाको लागि को जिम्मेवार थियो, यो अहिलेसम्म थाहा छैन। व्यक्तिहरूले भूतको जहाजको रूपमा 'द एस एस ओरंग मेडान' भन्ने समेत गरीन्छ। उहि , केही व्यक्ति यसलाई काल्पनिक पनि मान्दछन्।